१९ चैत, झापा । १२ दिनअघि मोटरसाइकल दुर्घटनामा परी घाइते भएका झापा बुद्धशान्ति ५ का ४३ वर्षीय गोविन्द न्यौपानेको उपचारका क्रममा मृत्यु भएको छ ।
गत चैत ६ गते राति १२ः३० बजेको समयमा बुद्धशान्ति ५ खारखोलास्थित मदन भण्डारी राजमार्गमा बुधवारेबाट खारखोलातर्फ जाँदै गर्दा प्र १–०१–०१६प ३५२१ नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक न्यौपाने गंभीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँबाट उनलाई चैत १७ गते प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो ।
उपचारका क्रममा आइतबार साँझ ६ः३० बजे न्यौपानेको मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलावारीका प्रमुख, प्रहरी निरीक्षक रोहित शर्माले जानकारी दिनुभएको छ ।