जङ्गली हात्तीको आक्रमणबाट शिवसताक्षीमा ६० बर्षीय पवित्रा भेटवालको निधन

जङ्गली हात्तीको आक्रमणबाट शिवसताक्षीमा ६० बर्षीय पवित्रा भेटवालको निधन

१५ चैत, झापा । जङ्गली हात्तीको आक्रमणबाट शिवसताक्षी नगरपालिका–११ निवासी ६० बर्षीय पवित्रा भेटवालको निधन भएको छ।

हात्तीले कुल्चीएर लछारपछार पार्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । शिवसताक्षी–११ स्थित दुधेबाट उत्तर रतुवामाई बृक्षारोपण आयोजनाको बनमा श्रीमानसंग घाँस दाउरा गर्न गएकी भेटवाललाई करिब ५ः४५ बजे हात्तीले आक्रमण गरेको थियो ।

हात्तीको आक्रमणबाट उनका श्रीमान ६२ बर्षीय दिलिप भेटवाल घाइते भएका छन् । उनको मुख, हात र शरिरको बिभिन्न भागमा चोट लागेको बताइएको छ ।

गम्भिर अवस्थामा रहेका उनलाई उपचारको लागि बिर्तामोडको बिर्तासिटि अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर