२८ चैत्र, सप्तरी । प्रदेश नं २ सरकारले स्थापना गरेको कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा डेढ करोडभन्दा बढी सहयोग जम्मा भएको छ । प्रदेश नं. २ का मुख्यमन्त्री सचिवालयका अनुसार सो कोषमा १ करोड ७८ लाख ५० हजार सहयोग रकम जम्मा भएको बताईएको छ ।
सो कोषमा नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली काँग्रेस, सिभिल बैंंक, मेगा बैंक, गण्डकी विकास बैंक, कुमारी बैंक, माछापुच्छ«े बैंक, नेपाल बैंक लिमिटेड र कृषि विकास बैंकले सहयोग रकम जम्मा गरेका बताईएइको छ ।
त्यस्तै सहयोगी विकास बैंक, लक्ष्मी बैंक, एनसीसी बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक र भाटभटेनी मलले पनि सहयोग रकम कोषमा जम्मा गरेका छन् । कोषमा ग्रामीण विकास लघु वित्तीय संस्थाले पनि सयोग रकम जम्मा गरेको मुख्यमन्त्रीको सचिवालयले जनाइएको छ ।