बिश्वाशिलो साकोस दमकले गर्यो बालआश्रमलाई २१ हजार सहयोग

बिश्वाशिलो साकोस दमकले गर्यो बालआश्रमलाई २१ हजार सहयोग

१२ चैत, झापा । झापाको दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्थाले आज एक कार्यक्रमबीच दमकस्थित बाल आश्रमका बालबालिकाहरुसंग होली मिलनसहित नगद २१ हजार सहयोग हस्तान्त्रण गरेको छ ।

बिश्वाशिलो साकोसले सोमबार आफ्नो १३औं स्थपाना दिवसको अवसर पारेर दमक–९ मा रहेको बाल आश्रममा पुगेर त्यहाँ आश्रित बालबालिकाहरुलाई होली मिलन कार्यक्रम गर्नुका साथै आश्रमलाई नगद २१ हजार सहयोग हस्तान्त्रण गरेको हो । आश्रममा २९ जना बालबालिकाहरु आश्रित छन् ।

सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा भएको कार्यक्रममा आश्रमका कोषाध्यक्ष मेनुका बुढाथोकीलाई नगद २१ हजार हस्तान्त्रण गरिएको कार्यलय व्यवस्थापक हरि प्रसाद (दिनेश) दाहालले जानकारी दिनुभयो । व्यवस्थापक दाहालका अनुसार बिश्वाशिलो साकोसले स्थापना दिवसको अवसरमा वर्षेनी रचनात्मक र सृजनात्मक कार्यहरु सञ्चालन गर्दै आइरहेको छ ।

सो कार्यक्रममा सहकारी संस्थाका उपाध्यक्ष सम्झाना साँवा, सचिव सुमनकुमार थुलुङ राई, सल्लाहकार संयोजक तथा युवा नेता बिक्रम सुब्बा खाम्देन, लेखा समिति संयोजक खेमराज पौडेल, सञ्चालक समिति सदस्य अनिमा तामाङ, निर्मला लावती, युवराज दंगाल, माया राई, कविता फागो लगषयतको उपस्थिति थियो ।

आर्थिक सहयोग हस्तान्त्रण कार्यक्रममपछि सहकारी संस्थाका अध्यक्ष राईले सामाजिका सेवामा समर्पित दमक ९ मा अवस्थित आश्रम र आश्रममा आश्रित बालबालिकाको उज्वल भविश्यको कामना गर्नुभयो । वहाँले सहकारी संस्थाले आफ्नो सदस्यहरुबीच सेवा उपलब्ध गर्दै त्यहाँबाट प्राप्त केही रकमलाई छ्ट्याएर आश्रमलाई सहयोग गर्न पाएकोमा धन्यवाद सहित आभार व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन सहकारी संस्थाका सचिव सुमन कुमार थुलुङ राईले गर्नुभएको थियो ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर