विट्र्जले गरेको ७ सेकेन्डको कृतिमानी गोलमा जमर्नी बिजयी

विट्र्जले गरेको ७ सेकेन्डको कृतिमानी गोलमा जमर्नी बिजयी

११ चैत । जर्मनीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रान्सलाई पराजित गरेको छ।

ग्रुपमा स्टेडियममा शनिबार राति सम्पन्न खेलमा जर्मनीले घरेलु टोली फ्रान्सलाई २–० गोल अन्तरले पराजित गरेको हो।

जर्मनीको जितमा फ्लोरियन विट्र्ज र काई हाभर्टले गोल गरे। खेलको शुरू भएको ७ सेकेन्डमै जर्मनीले खेलमा अग्रता लिएको थियो।

टोनी क्रुसको पासमा अट्याकिङ मिडफिल्डर विट्र्जले गोल गर्न सफल भए। योसँगै २० वर्षीय विट्र्ज जर्मनीको राष्ट्रिय टोलीबाट सबैभन्दा छिटो गोल गर्ने खेलाडी बनेका छन्।

पहिलो हाफमा जर्मनीले १–० गोल अन्तरको अग्रता लिएको थियो।

तर,दोस्रो हाफ शुरू भएको चौथो मिनेटमै काईले गोल गर्दै जर्मनीको अग्रता दोब्बर बनाए। उनले जमाल मुसियालाको पासलाई सदुपयोग गरे। त्यसपछि थप गोल हुन सकेन र जर्मनीले खेल २–० ले सहजै जित्यो।

प्रतिक्रिया:

सम्बन्धित खवर