८ चैत । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बुधबार गाजाको दक्षिणी सहर रफाहामा आक्रमणको तयारी भइरहेको बताएका छन् । तयारी भइरहे पनि आक्रमण सुरु गर्न केही समय लाग्ने उनले बताए ।
रफाहामा लगभग १.५ मिलियन विस्थापित प्यालेस्टाइनीले शरण लिएका छन् । गएको साता नेतान्याहूले प्यालेस्टाइनी कैदीको बदलामा बन्धकलाई रिहा गर्नेबारे हमासको मागलाई अस्वीकार गरेका थिए ।