सप्तकोशी नदीबाट डुंगामा लैजाँदै गरेको १६४ किलो गाँजा बरामद

७ चैत, सुनसरी । सप्तकोशी नदीबाट डुंगामा लैजाँदै गरेको १६४ किलो गाँजा बरामद भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतराले मंगलबार राति साढे एक बजे सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तोकोसी नदीबाट उक्त गाँजा बरामद गरेको हो ।

५र६ जनाको समूहले डुंगाबाट गाँजा निकाल्दै गरेको अवस्थामा गाँजा बरामद गरिएको सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

नियन्त्रणमा लिएको गाँजा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको थापाले बताए ।

गाँजा तस्करीमा संलग्न व्यक्तिहरू भने भागेको सशस्त्रले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं ४ गणले फागुन १ गतेदेखि हालसम्म एक एम्बुलेन्ससहित ५६४.४७५ किलो गाजा बरामद भएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270