एन्फा महिला लिग छनोटको मिति परिवर्तन, चैत २५ गतेदेखि वैशाख १ गतेसम्म

एन्फा महिला लिग छनोटको मिति परिवर्तन, चैत २५ गतेदेखि वैशाख १ गतेसम्म


५ चैत, काठमाडौँ । एन्फा महिला लिग छनोटको मिति परिवर्तन भएको छ। वाग्मती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गर्ने कार्यक्रमसँग समयतालिका जुधेसँगै महिला लिग छनोट दुई साता पर धकेलिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको हो।

वाग्मती प्रदेश खेलकुद विकास परिषद्ले चैत २५ गतेदेखि वैशाख १ गतेसम्म अन्तरप्रदेश राष्ट्रिय खेलकुद आयोजना गर्ने तयारी गरेको छ। यसअघि महिला लिग छनोट चैत्र २३ गतदेखि हुने तय थियो। अब वैशाख ७ गतेबाट शुरू हुने एन्फाले जनाएको छ।

छनोट प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेत जिल्लामा हुनेछ। जसमा सातवटै प्रदेशका टिमको सहभागिता रहने छ।

यस प्रतियोगिताबाट शीर्ष तीन टोली लिग चरणमा प्रवेश गर्नेछन्।

प्रतिक्रिया:

सम्बन्धित खवर