एट्लेटिको मड्रिडलाई पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा

एट्लेटिको मड्रिडलाई पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा

५ चैत । एट्लेटिको मड्रिडलाई पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगाको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। सोमबार राति सम्पन्न खेलमा घरेलु टोलीलाई ३–० गोल अन्तरले पराजित गर्दै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको हो।

बार्सिलोनाको जितमा जोओ फेलिक्स, रोबर्ट लेवान्डोस्की र फेर्मिन लोपेजले १र१ गोल गरे। खेलको ३८औँ मिनेटमा फेलिक्सले गोल गर्दै बार्सिलोनालाई शुरूआती अग्रता दिलाएका थिए। जारी सिजनमा उनको यो छैटौँ गोल हो।

दोस्रो हाफको शुरूआती दुई मिनेटमै लेवान्डोस्कीले टोलीको अग्रता दोब्बर बनाए। ६५औँ मिनेटमा लोपेजले गोल थप्दै टोलीलाई ३–० को जित दिलाए।

जितसँगै बार्सिलोनाको २९ खेलमा ६४ अंक छ।

बार्सिलोना शीर्ष स्थानमा रहेको रियल मड्रिडभन्दा ८ अंकले पछाडि छ। पराजित एट्लेटिको २९ खेलमा ५५ अंक छ। एट्लेटिको पाँचौँ स्थानमा छ।

प्रतिक्रिया:

सम्बन्धित खवर