पर्यटकीय राजधानी घोषणा भएसँगै विश्व बजारमा पोखराको ब्रान्डिङ हुन्छः प्रधानमन्त्री प्रचण्ड

पर्यटकीय राजधानी घोषणा भएसँगै विश्व बजारमा पोखराको ब्रान्डिङ हुन्छः प्रधानमन्त्री प्रचण्ड

४ चैत, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा पर्यटकीय राजधानी घोषणा भएसँगै विश्व बजारमा यसको ब्रान्डिङ हुने बताएका छन् ।

आइतबार पर्यटकीय राजधानी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दैै प्रधानमन्त्री दाहालले पोखरा मात्र नभएर सिंगो गण्डकी प्रदेश र मुलुककै पर्यटन प्रवद्र्धनमा यो अभियानले महत्त्वपूर्ण योगदान गर्ने बताएका हुन् ।

पोखरा नेपालका मुख्य शहरमध्ये बहुआयमिक विशेषता र विशेष सम्भावनायुक्त भएको उनको भनाइ छ । उनले भने ‘सुन्दर हिमश्रृङ्खला, तालतलैया, मन्दिर, गुम्बा, मस्जिद, छाँगा, गल्छीहरूले पोखराको सुन्दरता थपेका मात्रै छैनन्, आर्थिक विकास, आत्मनिर्भर अर्थतन्त्र, सांस्कृतिक वैभवलगायतमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् ।’

पर्यटकीय राजधानी घोषणाले पर्यटन बजारको पहुँच विस्तार गर्न, लगानीकर्तालाई अनुकूल वातावरण सिर्जना गर्न र जनताको जीवनस्तरमा गुणात्मक प्रभाव पार्न महत्त्वपूर्ण योगदान गर्ने अपेक्षा रहेको प्रधानमन्त्रीले बताए ।

पोखराका हरेक क्षेत्रको व्यवस्थित प्रचारप्रसार गरेर विश्व बजारबाट पर्यटक भित्र्याउनुपर्ने प्रधानमन्त्री दाहालले भनाइ राखे । यसको लागि आवश्यक नीतिगत पहल र समन्वय गर्न सरकार तयार रहेको उनले बताए । ‘पर्यटकीय राजधानी पोखराको विकासका लागि नेपाल सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने विश्वास दिलाउँछु,’ उनले भने, ‘पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत शहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिनेछ ।’

सरकारले प्रदेश र स्थानीय तहसँग मिलेर पोखराको रणनीतिक योजनासहितको पर्यटकीय पूर्वाधार विकास, निजी क्षेत्रबाट हुने सेवाको गुणस्तर अभिवृद्वि, जवाफदेहिता तथा क्षमता विकासलाई योजनावद्व रूपमा अघि बढाउने पनि प्रधानमन्त्री दाहालले बताएका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270