भारतको मुम्बईमा काम गर्दै आएका आठ बालकको उद्धार

भारतको मुम्बईमा काम गर्दै आएका आठ बालकको उद्धार

४ चैत । रौतहटका ७ र कपिलवस्तुका १ गरी ८ जना बालकलाई भारतबाट उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ।

भारतको मुम्बईमा श्रमिकको रूपमा काम गरिरहेका बालकहरूलाई राष्ट्रिय बालअधिकार परिषद्को समन्वयमा बाल हेल्प लाइन बारा, संरक्षण नेपाल बारा, सामुदायिक विकास तथा सचेतना नेपाल मकवानपुर लगायतका गैरसरकारी संस्था र भारतीय प्रहरी मुम्बईको सहयोगमा उद्धार गरिएको हो।

उनीहरूलाई भारतको मुम्बईबाट उद्धार गरी जिल्ला प्रहरी कार्यालय बाराको रोहबरमा अभिभावकको जिम्मा लगाइएको सामुदायिक विकास तथा सचेतना नेपालका कार्यकारी निर्देशक दिलीप कोइरालाले बताए। नेपालबाट भारत जाने बालबालिकालाई सस्तो मूल्यमा काम गराउने गरेको उनको भनाइ छ।

गरिबी, अशिक्षा जस्ता कारण सानो उमेरमै कामका लागि भारत जाने र निकै निकृष्ट काम गर्ने गरेको मात्र नभई घर छोडी गएका बालबालिकालाई बालश्रममा लगाइने गरेको उनले बताए।

बालबालिकालाई तर्साएर, धम्क्याएर र कम ज्यालामा पनि काम गराउन सकिन्छ, अझ कतिपय काम वयस्कभन्दा बालबालिकाले छिटो र छरितो गर्न सक्छन्, त्यसका लागि पनि बालबालिकालाई भारत लग्ने गरिएको पाइएको उनले बताए।

दलालहरूले नेपालबाट बालबालिकालाई फकाईफुल्याई विभिन्न प्रलोभनमा पारेर विशेष गरी भारतको ब्याग फ्याक्ट्रीमा काममा लगाउने गरेको पाइएको कोइरालाको भनाइ छ। मुम्बईबाट यसअघि ३० भन्दा बढी बालकको उद्धार र पारिवारिक पुनर्मिलन गराइसकिएको उनले जानकारी दिए।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270