४ चैत, झापा । अर्जुनधारा–२ स्थित शान्ति सामुदायिक वनमा भीषण डडेलो लागेको छ ।
डडेलोका कारण गाँजाबारी, मिश्रटार, टाङ्टिङ, जोगिखाँद लगायतका स्थानको जङ्गलमा ठुला रुख बाहेक बिरुवा र लार्था सखाप भएको छ ।
सामुदायिक वनका अध्यक्ष खगेन्द्र कोइरालाले करिब २र३ दिन अगाडी जङ्गलमा डडेलो देखापरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार शुक्रबार डडेलो प्रभावित स्थानमा नियन्त्रणका लागि प्रयास गरिएको थियो । हावाको वहावका कारण आगो फैलिन पुगेको कोइरालाले बताउनुभयो ।
डडेलो बस्तीसम्म आउने अवस्था भएपछि स्थानीयहरुले शुक्रबार रातभर नियन्त्रणको काम गरेका थिए । कतिपय स्थानमा बस्ती आसपासमा आएपछि मात्रै डडेलो नियन्त्रण भएको छ ।
अध्यक्ष कोइरालाका अनुसार हाल डडेलो पुर्णतः नियन्त्रण आएको छ ।