धार्मिक तथा पर्यटकीयस्थल सताक्षीधामको विकासको बारेमा सरोकारवालाहरुबीच अन्तरक्रिया

धार्मिक तथा पर्यटकीयस्थल सताक्षीधामको विकासको बारेमा सरोकारवालाहरुबीच अन्तरक्रिया


२९ फागुन, झिलझिले । झापाको शिबसताक्षीमा अवस्थित पूर्वको प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधाममा सोमबार सरोकारवालाहरुबीच अन्तरक्रिया भएको छ ।

सताक्षीधाम धार्मीक तथा पर्यट्रन बिकास संस्थाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले बिगत, बर्तमान र आगामी योजना र विकासका चरणहरु सम्बन्धी आ–आफ्ना धारणाहरु राखेका थिए ।

सताक्षीधाम धार्मीक तथा पर्यट्रन विकास संस्थाका अध्यक्ष तुलाराम बोखिमको अध्यक्षता र पूर्वसांसद तारासम योङ्याको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

सो अन्तरक्रिया कार्यक्रममा सताक्षीधाम धार्मीक तथा पर्यट्रन विकास संस्थाका उपाध्यक्ष उदयप्रकाश राईले सताक्षीधामका योजना, विकास, प्राथमिकतासहित समस्या र चुनौतीका विषयमा प्रष्ट पार्नुभएको थियो ।

उपाध्यक्ष राईले पछिल्लो समय सताक्षीधाम धार्मीक तथा पर्यट्रन विकास संस्थाले सञ्चालन गरिआएका धार्मीक गतिविधिहरु, धाम क्षेत्रमा गर्न लागिएका योजना, त्यसका प्राथमिकताका विषयमा बताउनुहु्ँदै छिट्टै सवारी पार्किङका योजना सार्वजनिक गर्नुभएको थियो । सताक्षीधाममा आगान्तुक श्रद्धालु तीर्थयात्रीहरु र अन्य प्रयोजनमा आगान्तुक पर्यटकहरुका सुविधाका लागि सवारी साधन पार्किङ गर्नुपर्ने उपाध्यक्ष राईले योजना पेश गर्नुभएको थियो ।

उपाध्यक्ष राईले सताक्षीधामको प्रवेशद्धारको आसपासमा दुई पाङ्ग्रे र अरु हलुका सवारी साधनहरु पार्किङ गर्ने र अरु ठूला सवारी साधनहरुका लागि बनभोज स्थल नजिकै पार्किङ गर्न उपयुक्त जमिनको खोजि गरिएको बताउनुभयो ।

त्यस्तैं, वहाँले सताक्षीधाम क्षेत्रभित्र विभिन्न शक्तिपीठहरु स्थापना भएको र अरु स्थापना गर्ने क्रममा रहेको कारण त्यसलाई निश्चित बिधी र बिधानमा रहेर सञ्चालन गर्न सताक्षीधाम धार्मीक तथा पर्यटन विकास संस्थाले भूमिका खेल्न आवश्यक रहेको बताउनुभएको थियो ।

अन्तरक्रिया कार्यक्रममा सताक्षीधाम धार्मीक तथा पर्यट्रन विकास संस्थाका पूर्वअध्यक्ष प्रसाद सुब्बा, पूर्व सचिव देबीबहादुर रेग्मी, सल्लाहकार रुद्रमणी भट्टराई, तेमेलुङ किरात माङहिमका सचिव अभिषेक नेम्बाङ, डिल्लीरमरण खतिवडा लगायतले सताक्षीधामको धार्मीक तथा पौराणिक महत्वका बारेमा चासो राख्नुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य जुनु महरा, शिबसताक्षी–८ का वडा सदस्य रिता थापा, झिलझिले बजार व्यवस्थापन समितिका अध्यक्ष बजरग अग्रवाल, महिला नेत्री खनिमाया श्रेष्ठ, दुधे खुद्रा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नारायण बजगाई लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर