प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाद्वारा ह्वीप जारी

प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाद्वारा ह्वीप जारी

२९ फागुन, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । आज (मंगलबार) बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको हो ।

सबै सांसदलाई अनिवार्य रुपमा उपस्थित हुन र प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाले भनेको छ । प्रधानमन्त्रीले भोलि (बुधबार) प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन् । प्रतिनिधि सभामा रास्वपाको २१ जना सांसद छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर