
१२ पुष, भोजपुर । भोजपुरमा निर्माणाधीन पक्की पुलको संरचना भत्किएको छ।
षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने इर्खुवा खोलामा बन्दै गरेको पक्की पुल बिहीबार बिहान भत्किएको हो।
‘बन्दाबन्दैको पक्की पुल भत्किएको हो । पुल भत्किएर मानवीय क्षतिचाहिँ भएको छैन,’ षडानन्द नगरपालिकाका प्रमुख सुरेशकुमार उदासले भने। उनले पुल ढलान गर्नका लागि तयार पारिएको संरचना भत्किएको बताए ।
‘खोला फर्काएर टेको लगाएर फर्मा ठोकिएको थियो। त्यसमाथि फलामका छडहरू बाँध्ने काम भइरहेको थियो। आज बिहान अचानक भत्कियो। के कारणले भत्किएको हो भनेर जाँचबुझको काम भइरहेको छ,’ उनले भने।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७