हुलाकी राजमार्ग निर्माण कार्य झापामा तिव्र, स्थानिय हर्षित

हुलाकी राजमार्ग निर्माण कार्य झापामा तिव्र, स्थानिय हर्षित


२३ फाल्गुन, झापा । झापा जिल्लाको दक्षिणी क्षेत्रबाट भद्रपुर बिराटनगर जोड्ने हुलाकी सडकको निर्माण कार्य तिव्र रुपमा अगाडि बढेको छ । झापा जिल्लाको सदरमुकाम चन्द्रगढी र मोरङ जिल्लाको सदरमुकाम बिराटनगर जोड्ने छोटो बाटोको रुपमा लिइएको हुलाकी सडकलाई चौडा गर्ने काम तिव्र रुपमा अगाडि बढेको छ ।

हाल सडक भित्र रहेका कल्भर्ट निर्माण र सडक चौडा बढाई माटो भर्ने कार्य भइरहेको छ । रतुवा खोला देखि बिरिङ खोलासम्म निर्माण गरिने सडकमा जम्मा ३८ वटा कल्भर्ट निर्माण गरिने जनाइएको छ ।

हुलाकी सडक निर्माण कार्य तिव्र रुपमा अगाडि बढी रहदा स्थानीय बासिन्दा हर्षीत बनेका छन् । पुर्व पश्चिम राजमार्गको वैकल्पिक सडकको रुपमा लिइएको हुलाकी राजमार्ग निर्माण कार्य भइरहदा दक्षिणी क्षेत्रमा बसोबास गर्ने आम नागरिकहरुले यस क्षेत्रको भविष्य परिवर्तन हुन आशा गरेका छन ।

हुलाकी सडक निर्माण कार्यको लागि मोदीदान कन्ट्रक्सन सेवन प्रा.लि. काठमाडौं र हुलाकी राजमार्ग आयोजना इटहरीले ठेक्का लिएको छ । रतुवा खोला देखि पुर्वमा बिरिङ खोला सम्म २९ किलोमिटर सडक निर्माण गर्न १ अरब ५० करोड रूपैयाँमा मोदीदान कन्ट्रक्सन प्रालिले ठेक्का पाएका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर