५ पुष, विराटनगर । विराटनगरमा २०२३ को सम्पूणर् तयारी पूरा भएको छ । शुक्रबार अपरान्ह प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार (पुस ६ गते) उद्घाटन भई पुस १६ गतेसम्म सञ्चालन हुने मोरङ व्यापार संघ ट्रेड एक्स्पो प्रचण्डले उद्घाटन गर्नु हुने एक्स्पोको तयारी पूरा भएको आयोजकले जानकारी दिइएको हो ।
मेला आयोजक समितिका संयोजक एवं मोरङ व्यापार संघका उपाध्यक्ष अनिलकुमार साहका अनुसार २४० स्टल बुकिङ भएका छन् ।
जर्मन प्रविधिको हेंगरमा निर्मित स्टलहरु पशुपतिनाथ र स्वयंभु प्यागोडा शैलीमा निर्मित रहेका छन् ।
एक्स्पोमा नेपाल, भारत, बंगलादेश, पाकिस्तानमा उत्पादन भएका वस्तुको अवलोकन र खरिद गर्न पाउने छ । आन्तरिक र अनरदेशिय उत्पादक र उपभोक्ताबीचको सम्बन्ध सुमधुर बनाउने लक्ष्य राखिएको छ ।
मेला स्थलमा राष्ट्रिय तथा अन्तराष्ट्रिय चर्चित कलाकारको उपस्थिति हुने दावी गरिएको छ । सेल्फी जोन, किड्स जोनको सुविधा पनि रहेको छ । चार करोड लागत अनुमान गरिएको मेलामा चारलाख अवलोकनकर्ता आउने अपेक्षा राखिएको छ ।