श्रमिकलाई समान व्यवहार नहुञ्जेल समृद्धि आउँदैनः मुख्यमन्त्री कार्की

श्रमिकलाई समान व्यवहार नहुञ्जेल समृद्धि आउँदैनः मुख्यमन्त्री कार्की

२ पौष, बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले श्रमिकको सम्मान अभिवृद्धिका लागि शीप प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले सोमबार आयोजना गरेको कार्यक्रममा उनले श्रमिकलाई समान व्यवहार नहुञ्जेल समृद्धि नआउने बताएका हुन् ।

श्रमिकको सम्मान नरहेकोले नेपाल पछाडि परेको भन्दै कार्कीले कामका आधारमा प्रयोग गर्ने भाषा र व्यवहार फरक रहेको बताए । मुख्यमन्त्री कार्कीले श्रमिकलाई गर्ने व्यवहार र बोलीमा घरबाटै सुधार गर्नुपर्ने बताए ।

‘हामीले मिठो खाने तर कामदारलाई जस्तोसुकै खानेकुरा दिने व्यवहारको अन्त्य हुनुपर्छ’ उनले भने, ‘विदेशमा श्रम पसिना बगाउनेसँग यहाँका नेताहरूले गएर रमाउनुका साथै चुनावमा चन्दा उठाएर खर्च जुटाउने भाँडो बनाएको छ ।’ विदेशमा काम गर्नेलाई पनि देश हेरेर विभेद हुने परम्परा रहेको उनले सुनाए ।

मुख्यमन्त्री कार्कीले सरकारी कार्यालयका सबै कर्मचारीहरूलाई सबैसँग आदरपूणर् र समान व्यवहार गर्न निर्देशनसमेत दिएका छन् । श्रमिकसँग गर्ने व्यवहारमा समानता नआउञ्जेल परिवर्तन नहुने भन्दै उनले सरकारमा बस्नेले सबैसँगको व्यवहार र बोलीमा एकरूपता ल्याउनुपर्ने बताए । कसैलाई काम गरेको आधारमा हेप्न नपाइने भन्दै उनले आफ्नो हैसियतअनुसार श्रम बेचेर आर्जन गर्ने खुल्ला श्रम बजार रहेको बताए ।

बंगलादेश, भारतलगायतका देशबाट आएर काम गर्ने विदेशी नागरिकले अपराध गर्यो भने कारवाही हुने गरेको भन्दै कार्कीले उत्पादन बढाउने र सेवा गर्नेलाई सम्मान पनि दिनुपर्ने बताए । सरकारले शीप विकासका साथै दक्ष जनशक्ति उत्पादन गर्न काम गरिरहेको भन्दै उनले १० वर्षमुनिका बालबालिकाको प्रदेश सरकारले निःशुल्क उपचार गर्ने कार्यक्रम त्यसकै नमुना भएको बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270