अधिकार प्रयोग गर्नेले अरूको अधिकारको सम्मान गर्नुपर्छः राम राना

अधिकार प्रयोग गर्नेले अरूको अधिकारको सम्मान गर्नुपर्छः राम राना

मंसिर २४, इलाम । प्रदेश संसद तथा पूर्व मन्त्री रामबहादुर रानाले अधिकार प्रयोग गर्नेले अरूको अधिकारको सम्मान गर्नुपर्ने बताए ।

संसद रानाले मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको मानव अधिकार वर्ष पुरस्कार २०८० वितरण र इलामको मानव अधिकार अनुगमन तथा अधिलेखिकरणको स्थीति बारे छलफल कार्यक्रममा बोल्दै अधिकार खोज्नेले अरूको अधिकारको सम्मान गर्नुपर्नेमा जोड दिए ।

‘पहिचानवादीको आन्दोलनलाई संकेत गर्दै सांसद रानाले विमती शान्तिपुर्ण र संवैधानिक हुनुपर्ने भन्दै अहिलेको आन्दोलन राजनीतिक नभएको बताए ।

रानाले अधिकार प्रयोग गर्दा कानुनी प्रकृया समेत पुरा गर्नुपर्ने जोड दिदै, प्रदेशको नाम बैधानिक रूपमा फेर्न सकिने बताउँदै, नाममा बिमती हुँनेलाई बैधानिक बाटो अंगाल्न आग्रह समेत गरे ।

मानव अधिकारको सवालको विषयमा संसद रानाले अहिले शिक्षा, स्वथ्य र न्याय खर्चिलो बन्दै गएको बताए । उनले भने‘ महंङ्गीकै कारण नागरिक समस्यमा परेका छन् । यस विषयमा महंङ्गी नियन्त्रण गर्न आवश्यक छ । स्वाथ्यको विषयमा विभिन्न सुविधा छन् । तर आम नागरिकमा सेवा पुग्न सकेको छेन ।’

आम नागरिकमा आर्थिक जीवनस्तर सुधारका कार्यक्रम आवश्यक रहेको भन्दै, विकासका पूर्वाधार समेत समय सीमामा सकिनु पर्नेमा जोड दिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270