२३ फाल्गुन । जिल्ला प्रशासन कार्यालय झापाले नजिकी रहेको रंगहरुको पर्व होली पर्वमा बिशेष सर्तक रहन आग्रह गरेको छ । प्रशासन कार्यालयले एक सुचनामा जारी गर्दे होली पर्वमा भिज्ने, अविर लगाउने तथा लोला हान्ने जस्ता कार्यहरु नगर्न तथा नगराउन सचेत गराएको छ ।
सोही विज्ञप्ती मार्फत कार्यलयले धेरै मानिस जम्मा हुने सभा, समारोह, मेला, गोष्ठी तथा महोत्सवहरु नगर्न पनि निर्देशन दिएको छ । साथै जिल्लामा संञ्चालन गर्ने भनेर यस अघि नै मिति तय गरिएका कार्यक्रमहरु समेत संञ्चालन गर्न जिल्ला प्रसासन कार्यलयले रोक लगाएको छ ।
प्रशासन कार्यालयले विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा समेत नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको भन्दै शैक्षिक संस्थाहरुमा समेत धेरै मानिस जम्मा हुने बार्षिक उत्सव जस्ता कार्यक्रम नगर्न निर्देशन दिएको छ । नेपाल सरकारको निर्णय अनुसार नै जिल्ला प्रशासन कार्यालय झापाले पाँच बुदे जरुरी सुचना जारी गरी सो जानकारी गराएको अधिकारीहरुले जनाका छन् ।