सुखानी हत्याकाण्डको सम्झानामा झापामा स्मृती दिवस मनाईयो

सुखानी हत्याकाण्डको सम्झानामा झापामा स्मृती दिवस मनाईयो

२१ फाल्गुन । सत्तारूंढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले झापा र इलामको सिमास्थल सुखानी पुगेर सुखानी स्मृति दिवस मनाएको छ । वि.स. २०२९ साल फाल्गुन २१ गते झापाको चन्द्रगडीवाट इलाम जेल सार्ने नाममा सुखानीको जंगलमा लगेर तत्कालीन झापा विद्रोहका पाँचजना योद्धाहरुलाई हत्या गरेको दिनलाई सुखानी स्मृति दिवसको रुपमा मनाएको हो ।

आज विहान पाँच सहिदहरुलाई हत्या गरिएको स्थलमा निर्मित सहिद स्तम्भमा पुगेर महान सहिदहरुलाई सम्मान तथा माल्यार्पण गरिएको अनेरास्ववियूका नेता सुनिता बरालले वताउनुभयो । श्रद्धाञ्जली कार्यक्रममा अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङ, नेता सुरेन्द्र बस्नेत, नेतृ सुनिता वराल लगायतले सुखानीका सहिदहरुको योगदानको स्मरण गर्नुभएको थियो ।

सुखानीमा आज निर्धारण गरिएको नेकपाको श्रद्धाञ्जली तथा जनसभा विश्वब्यापी रुपमा फैलिएको कोराना भाइरसका कारण स्थगित गरिएपछि अनेरास्ववियूले सुखानी पुगेर श्रद्धाञ्जली अर्पण गरिएको नेतृ बरालले वताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर