२० फाल्गुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले झापाको बिर्तामोडमा आयोजना गर्ने भनेको प्रदेश नं. १ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम स्थगित गरेको छ । चिनबाट फैलिएको कोरोना भाइरस संक्रमणको खतराका कारण पार्टीले कार्यक्रम स्थगित गरेको बताईएको छ ।
प्रदेश नं. १ का नेकपा अध्यक्ष देवराज घिमिरेले सरकारको निर्णयअनुसार भेला तथा प्रशिक्षण हाललाई स्थगित गरिएको जानकारी दिनुभयो । सरकारले सभा सम्मेलन लगायतका कुनै पनि कार्यक्रम नगर्न सबैलाई आह्वान गरेकाले प्रदेश १ को कार्यकर्ता भेला तथा प्रशिक्षण स्थगित गरिएको उहाले जनाउनुभयो ।
गत फाल्गुन १९ गते सम्पन्न नेकपाको प्रदेश नंन १ को दोस्रो पूर्ण बैठकले आज फाल्गुन २० गते झापाको विर्तामोडमा प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने निश्चित गरेको थियो । कार्यक्रममा सहभागी हुन नेता कार्यकर्ताहरु बिर्तामोड आइसकेका थिए ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७