मेरो र गगनको प्रस्ताव अस्वीकार गर्दा कोशीमा अहिलेको अवस्था आयोः विश्वप्रकाश शर्मा

मेरो र गगनको प्रस्ताव अस्वीकार गर्दा कोशीमा अहिलेको अवस्था आयोः विश्वप्रकाश शर्मा

२८ असोज, काठमाण्डौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशीको राजनीतिलाई स्थिर बनाउन एमालेसहितको समाधान खोजौं भन्ने आफू र गगन थापाको प्रस्ताव पार्टीले अस्वीकार गर्दा अहिलेको अवस्था आएको दाबी गरेका छन् ।

उनले आज साँझ सामाजिक सञ्जालमा आफ्नो वक्तव्य राख्दै गठबन्धन कायम राखेरै कोशीमा एमालेसहितको समाधान खोजौं भने पनि संस्थागत निर्णय आफूहरु मान्न बाध्य भएको बताएका छन् । अर्काे गठबन्धन बनाउने भए पनि संस्थागत निर्णय गरौं भन्ने आफूहरुको मत रहे पनि अहिले सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइरालामा एकैखाले प्रवृत्ति देखिएको उनले बताएका छन् ।

व्यक्ति चयनमा संस्थागत प्रक्रिया सभापतिले नअपनाएको शर्माले बताएका छन् । साथै फरक विचार समूहको नेताले आफ्नै समूहभित्र ‘साझा मत’ समेत नखोजेको आरोप लगाएका छन् । ।

प्रतिक्रिया:

सम्बन्धित खवर