कांग्रेस सांसदको हिंस्रक अभिव्यक्तीः डिएसी र उनको परिवारलाई खोजेर मार्ने धम्की

कांग्रेस सांसदको हिंस्रक अभिव्यक्तीः डिएसी र उनको परिवारलाई खोजेर मार्ने धम्की

२३ भाद्र, विराटनगर । सत्तारुढ नेपाली कांग्रेसका एकजना प्रदेश सांसदले नेपाल प्रहरीका डिएसपीको नामै तोकेर उनलाई र उनको परिवारलाई मार्ने धम्की दिएका छन् ।

प्रदेश १ का प्रदेश सभा सदस्य तथा कांग्रेस नेता खगेनसिंह हाङगामले शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा प्रहरी प्रशासनविरुद्ध घरेलु हतियारसहितको प्रदर्शन गर्दै खुला सभामा हिंसात्मक अभिव्यक्ति दिएका हुन् ।

त्यसक्रममा तरुण दलका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालयमा ढुंगामुढा समेत गरेका थिए । बिहीबार राति हाङगामलाई लक्षित गरेर प्रहरीले पेस्तोल तेस्र्याएको आरोप कांग्रेसको छ ।

बिहीबारै राति तरुण दलका कार्यकर्ताले प्रहरीका दुईवटा बुथ तोडफोड समेत गरेका थिए । सांसदलाई ताकेर प्रहरीले पेस्तोल कक गरेको आरोप कांग्रेसको छ भने डीएसपी राजन लिम्बूले भने प्रहरीलाई हातपात गर्ने र हतियार खोस्नेजस्ता हर्कत गरेपछि विवाद भएको बताएका छन् ।

प्रदेश सभा सदस्य हाङ्गामले डिएसपीको बर्दी खोल्न पनि आफुहरु तयार भएको बताएका थिए । नेपाली कांग्रेसको नेतृत्वमा सरकार भयो भने परिवार सहित खोजी खोजी डिएपी र उनको परवारलाई मार्ने विवादास्पद अभिव्यक्ति उनले दिएका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर