कोशी प्रदेश सरकार गठन विवादः सर्वोच्चको पूर्ण इजलासले विश्वासको मत लिएको भिडियो नै हेर्ने

कोशी प्रदेश सरकार गठन विवादः सर्वोच्चको पूर्ण इजलासले विश्वासको मत लिएको भिडियो नै हेर्ने


१९ भाद्र, काठमाण्डौँ । कोशी प्रदेश सरकार गठनको वैधानिकताको मुद्दा हेरिरहेको सर्वाेच्च अदालतको पूर्ण इजलासले मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा भएको मतदानको भिडियो नै हेर्ने भएको छ ।

न्यायाधीश सपना मल्ल प्रधान, डा. कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सोमबार रिट निवेदकहरुको तर्फबाट बहस भएको थियो । आज प्रतिवादीहरुको तर्फबाट बहस हुनेछ ।

त्यसक्रममा इजलासमै विश्वासको मत लिने क्रममा भएको मतदानको भिडियो हेर्ने व्यवस्था मिलाइएको छ । इजलासमा भिजुअल हेर्ने किनै कम अभ्यास छ । यसअघि नवराज सिलवालको कीर्ते मुद्दामा पनि महान्यायाधिवक्ताको कार्यालयले भिजुअल प्रिजेन्टेसन गरेको थियो ।

भदौ ४ गते कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीले मत सच्याउने समयमा अर्का सदस्य गीता तिमिल्सिनालाई बैठकको अध्यक्षता गर्न लगाएर मतदान गरेका थिए ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर