प्रधानमन्त्रि ओली भोली फागुन ४ गते गृह नगर दमक आउदै, केके छन् त कार्यक्रम ?

प्रधानमन्त्रि ओली भोली फागुन ४ गते गृह नगर दमक आउदै, केके छन् त कार्यक्रम ?


३ फाल्गुन, झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्रि केपि शर्मा ओली भोली फाल्गुन ४ गते आफ्नो गृह जिल्ला झापाको दमक आउनुहुने भएको छ । दमकमा निर्माण सम्पन्न भएका योजना तथा निर्माण हुन लागेका योजनाहरुको उद्घाटन तथा शिलान्यासका लागि प्रधानमन्त्रि ओली गृह नगर आउन लागेको उहाँको सचिवालय सदस्य होम थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्रि ओली भद्रपुर हुँदै दमक आउने र एकै दिनमा दमकका विभिन्न चारवटा कार्यक्रममा सहभागि हुने जनाइएको छ । प्रधानमन्त्रिको कार्यक्रम तालिकाको बारेमा नेकपाले दमकमा पत्रकार सम्मेलन गरि जानकारी समेत दिएको छ ।
प्रधानमन्त्रि ओलीले विहान १२ वजे दमकको कृष्णमन्दिरदेखि बेल्डाँगी जोड्ने कालोपत्रे सडकको उद्घाटन गरेपछि १२ः३० वजे दमक र मोरङको मिक्लाजुङ्ग जोड्ने मावाँ खोलाको पुलको उदघाटन गर्ने कार्यक्रम रहेको छ । सोही दिन दिउँसो १ः३० बजे बहुप्रतिक्षित दमक–चिसापानी रवि (फाल्गुनन्द मार्ग) सडकको कालोपत्रे शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री सचिवालयका सदस्य होम थापाले बताृनुभयो ।

शिलान्यास पछि आयोजित सभालाई समेत प्रधानमन्त्रि ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको बताईएको छ । सभामा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, संविधानसभाका अध्यक्ष एवम नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ्ग, भौतिक योजनामन्त्री बसन्त कुमार नेम्बाङ्ग, प्रदेश एकका मुख्यमन्त्री शेरधन राई लगायत सरकारका उच्चपदस्थ कर्मचारीहरुको सहभागिता रहने जनाईएको छ । सभामा इलाम, झापा र मोरङ्गका जनप्रतिनिधी र स्थानीय बासिन्दाहरुको उल्लेखीय सहभागिता रहने जनाईएको छ ।

त्यस्तै प्रधानमन्त्रि ओलीले दिउँसो ३ वजे दमक १ मा निर्माण सम्पन्न भएको एकिकृत नमुना वस्ती समेत समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रम छ । सो नमुनावस्ती दमक नगरपालिका, प्रदेश र केन्द्र सरकारको करिव ३ करोड बढी लगानीमा निर्माण भएको हो । वस्तिमा २३ वटा घर निर्माण भएको नगरपालिकाले जनाएको छ । सोहि दिननै दिउँसो ३ वजे प्रधानमन्त्रि ओली काठमाडौ फर्कने कार्यक्रम रहेको सचिवालय सदस्य थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर