१ माघ, इलाम । नेपालमा भकाएको १० बर्षे जनयुद्धको सम्झनामा आज २५ औं जनयुद्ध दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन १ गतेबाट सशस्त्र जनयुद्ध सुरु गरेको दिनलाई ‘जनयुद्ध दिवस’ का रुपमा मनाइदैँ आएको थियो । तर नेपालमा नेकपा एमाले र नेकपा माओवादीको एकीकरण पछि नेपाल कम्युनिष्ट पार्टीले उक्त दिनलाई जनयुद्ध दिवसका रुपमा मनाउने निर्णय गरेपछि आज देशभर विभिन्न कार्यक्रम गरि दिवश मनाईएको छ ।
यसै क्रममा इलाममा पनि दीप प्रज्वलन तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरी जनयुद्ध दिवश मनाईएको छ । नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी इलामको आयोजनामा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गरीएको थियो भने नेकपाको भातृ संगठन अनेरास्ववियू जिल्ला कमिटि इलामको आयोजनामा साँझ दीप प्रज्वलन कार्यक्रम गरी मनाईएको छ ।
शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला कमिटि इलामका सचिव सोममाया राई (सिन्धु) को अध्यक्षता एवं पार्टीका प्रदेश कमिटी सदस्य टिकादेवी घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा पार्टी जिल्ला कार्यालय सदस्यहरु भक्त केसी, विजय खम्बु, शान्ता बस्नेत (सर्कल), पार्टी जिल्ला सचिवालय सदस्य गणेशप्रसाद बराल, कार्यालय सचिव नवराज शंकर, सचिवालय सदस्यहरु देवेन्द्र विश्वकर्मा, प्रवाश शर्मा, जीवन शर्मा ढुङ्गाना लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको पार्टीका कार्यालय सचिव नवराज शंकरले बताउनुभयो ।
साझको दीप प्रज्वलन कार्यक्रममा अनेरास्वियुका केन्द्रीय सदस्य सन्धिभक्त शंकर, नेपाल कम्युनिष्ट पार्टी एक नम्बर प्रदेश सदस्य टीका घिमिरेले जनयुद्धको दिनलाई स्मरण गर्दै शुभकामना मन्तव्य व्यक्त रराख्नुभएके थियो । कार्यक्रम अनेरास्ववियू जिल्ला कमिटि संयोजक प्रवेश पराजुलीको अध्यक्षतामा र सह–संयोजक विपिन पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो । दीप प्रज्वलन कार्यक्रममा अनेरास्वियुका नेता कार्यकर्ता तथा पार्टीका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।