प्रदेश–१ का नवनियुक्त मुख्यमन्त्री आचार्यद्धारा पदभार ग्रहण

प्रदेश–१ का नवनियुक्त मुख्यमन्त्री आचार्यद्धारा पदभार ग्रहण


१० भाद्र, विराटनगर । प्रदेश–१ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पदभार ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट पद तथा गोपनीयताको सपथ लिएसँगै आचार्यले पद सम्हाल्नुभएको हो ।

निवर्तमान मुख्यमन्त्री शेरधन राईले आचार्यलाई सफल कार्यकालको कामना सहित बधाई दिनुभयो ।

एमाले केन्द्रमा एकता कायम भएसँगै प्रदेश–१ को मुख्यमन्त्री परिवर्तन भएको हो । राईको प्रस्तावमा आचार्य सर्वसम्मतरूपमा दलको नेता चयन भएर मुख्यमन्त्री बन्नुभएको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर