निमित्त मुख्य सचिवको जिम्मेबारी लीलादेवी गड्तौलाले सम्हाल्ने

निमित्त मुख्य सचिवको जिम्मेबारी लीलादेवी गड्तौलाले सम्हाल्ने

९ असार, काठमाण्डौँ । विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै मुख्यसचिव डा. वैकुण्ठ अर्याल स्वतः निलम्बनमा परेपछि प्रधानमन्त्री कार्यालयकी वरिष्ठ सचिव लीलादेवी गड्तौलाले निमित्त मुख्य सचिवको जिम्मेबारी सम्हाल्ने भएकी छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका सचिवहरुमध्ये उनी वरिष्ठ हुन् । सचिवहरू कृष्णहरि पुष्कर र नारायण दवाडीभन्दा गड्तौला वरिष्ठ सचिव हुन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव रहँदा सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्कको स्टिकर खरिदमा करोडौं रुपैयाँ अनियमितता गरेको भन्दै अख्तियारले अर्यालसहित ९ जनाविरुद्ध आइतबार भ्रष्टाचार मुद्दा फाइल गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ मा सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिलाई मुद्दा दायर गरेपछि मुद्दा किनारा नभएसम्मको अवधिभर त्यस्तो व्यक्ति स्वतः निलम्बन भएको मानिनेछ भन्ने व्यवस्था रहेको छ । त्यसै अनुसार भ्रष्टाचार मुद्दा दायर भएका मुख्यसचिव डा। अर्याल र अर्थ मन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखा प्रमुख शाक्यलगायत सार्वजनिक पद धारण गरेको कुनै व्यक्ति हरू स्वतः निलम्बनमा परेका हुन् । अख्तियारले उनीहरुविरुद्ध ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो मागदाबी गरेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर