प्रभु साहले अर्धसैनिक बल गठन गरेपछि सुरक्षा निकायमा हलचल

प्रभु साहले अर्धसैनिक बल गठन गरेपछि सुरक्षा निकायमा हलचल

६ माघ, रौतहट । आमजनता पार्टीले आइटी आर्मी नामक अर्धसैनिक बल गठन गरेपछि देशको सुरक्षा निकायमा एकाएक हलचल बढेको छ ।

माओवादी हुँदै नेकपा एमाले र त्यसपछि आम जनता पार्टी गठन गरेका प्रभु साह यतिबेला चर्चामा छन् । देशको सुरक्षा निकायका गुप्तचरहरू चाहिँ यतिबेला सो संगठनले के गर्ने हो भन्ने कुराको खोजबिनमा लागेका छन । आफ्नो प्रभाव विस्तारै घट्दै गएको देखेपछि प्रभु साहले अर्धसैनिक बल आइटी आर्मी गठन गरेर सबैको ध्यान आफूतिर केन्द्रित गर्न खोजेको हुनसक्छ ।

आफू सत्ता र सरकारमा रहँदा भन्सार कर्मचारीले लिने गरेको कमिसनका विषयमा चुइँक्कसमेत नबोलेका साह यतिबेला भन्सार कमिसनको विरुद्ध आन्दोलनमा छन । आफ्नो प्रभाव क्षेत्र रौतहटमै प्रभाव विस्तारै खस्कँदै गएको अनुभव गरेका शाहले एकाएक सयौंको संख्यामा ट्रयाकसुट लगाएर आइटी आर्मीलाई तालिम दिएको फोटो सामाजिक सञ्जालमा भाइरल गराएर यतिबेला अरूलाई तर्साउन खोजेका शाहले आइटी दस्तालाई कराँतेको ट्रेनिङ दिएर सरकारी अड्डामा हुलदंगा गर्न पठाउनेबारे सोच बनाएको बुझिएको छ । शाहले आफ्नी श्रीमती मेयर रहेको मौलापुर नगरपालिकाको बजेटबाट ३ सयभन्दा बढी युवा÷युवतीलाई त्यहीं जम्मा पारी करातेको सामान्य प्रशिक्षण दिन लगाएका छन ।

बारा र पर्साका कराते प्रशिक्षक यसमा संलग्न छन् । उनले बनाएको सो दस्तालाई आफूले भनेको नमानेको खण्डमा जिल्ला प्रशासन, जिल्ला प्रहरी र विभिन्न सरकारी अखडाका अगाडि नाराबाजी गर्न लगाउने र त्यहाँ तोडफोडसमेत गर्न लगाई आफ्नो प्रभाव कायम राख्ने मनशायले तालिम दिन लगाएको बुझिएको छ ।

आफ्नो पार्टी नयाँ रहेको र यसलाई कसरी चर्चामा ल्याउने भन्ने विषयमा प्रभु शाह आफैँ विज्ञ रहेकाले उनले यस्ता विभिन्न हर्कत गर्दै आएको निकटका नेताहरू बताउँछन । यसभन्दा अगाडि पनि विभिन्न टिकटक स्टारलाई आफूले गर्ने कार्यक्रमको मञ्चमा नाच्न लगाउँथे । स्रोतका अनुसार जिल्लाका प्रमुखहरूले टेर्न छाडेपछि उनले यो नयाँ आइडिया निकालेका हुन्न ।

शाहले आइटी आर्मीको नाममा मौलापुर नगरपालिकाका स्कुले बालबालिकाको प्रयोग गरेको भन्दै यतिबेला सामाजिक सञ्जालमा समेत उनको आलोचना बढ्दै गएको छ । यो समाचार जनआस्थामा प्रकाशित छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270