पाकिस्तानको लाहोरमा प्रदुषण हटाउन कृत्रिम वर्षा

पाकिस्तानको लाहोरमा प्रदुषण हटाउन कृत्रिम वर्षा

५ पुष, काठमाडौं । पाकिस्तानको लाहोरमा खतरनाकस्तरको प्रदूषण हटाउन पहिलोपटक कृत्रिम वर्षाको प्रयोग गरिएको छ ।

लाहोरको मेगासिटीमा शनिबार वर्षा गराउने ‘क्लाउड-सिडिङ’ उपरकणसहितका विमानले उडान भरेको थियो । यो सहर विश्वकै सबैभन्दा धेरै हानिकारकस्तरको वायु प्रदूषण भएको ठाउँमध्येमा पर्छ । लाहोरका कम्तीमा १० ठाउँमा वर्षा गराइएको पन्जाबका कार्यवाहक मुख्यमन्त्री मोहसिन नक्वीले बताएका छन् । पन्ध्र किलोमिटरको क्षेत्रमा गरिएको वर्षाको अनुगमनसमेत गरिएको उनले बताएका छन् ।

लाहोरमा हावाको गुणस्तर व्यापारिक गतिविधिदेखि स्कुलसमेत बन्द गरिएको थियो । संयुक्त अरब इमिरेट्स (यूएई)बाट दुईवटा विमान लिएर आएको टोलीले यो वर्षा गर्न मद्दत गरेको बताइएको छ । यूएईले त्यहाँको पानी नपर्ने ठाउँमा क्लाउड-सिडिङ प्रक्रियाबाट वर्षा गराउन विमानको प्रयोग गर्ने गर्छ । पाकिस्तानमा प्रदूषण घटाउन यो कति प्रभावकारी भयो भन्नेबारे निरीक्षणसमेत भइरहेको बताइएको छ ।

क्लाउड-सिडिङ प्रक्रियामा सिल्भर आयोडाइडलाई एसिटोनसँग जलाइन्छ । यसले बादललाई तरलमा परिणत गराएर वर्षा गराउन मद्दत गर्छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270