भारतको आन्ध्र प्रदेशमा रेल ठोक्किँदा १३ जनाको मृत्यु, ५० जना घाइते

भारतको आन्ध्र प्रदेशमा रेल ठोक्किँदा १३ जनाको मृत्यु, ५० जना घाइते

१२ कार्तिक, काठमाण्डौँ । भारत आन्ध्र प्रदेशको विजयनगरमा दुई वटा रेल एक–आपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । ५० जना घाइते भएका छन् ।

आइतबार राति विशाखापट्टनम–पलासा र विशाखापट्टनम–रायगढा यात्रामा रहेका दुईवटा रेल ठोक्किएका र १३ जनाको मृत्यु भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।

गत जुन महिनामा ओडिसामा भएको रेल दुर्घटनामा झण्डै ३०० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर