
६ भाद्र, इलाम । नेकपा एमाले इलाम जिल्ला कमिटीले आफ्ना कार्यकर्ताहरुलाई संयमित भएर पार्टी एकताको पक्षमा उभिन आग्रह गरेको छ । कुनैखालका डरधम्की प्रलोभनबाट बिचलित नभई संकटको यसघडीमा एमालेमा एकताबद्ध रहिरहन आग्रह गरेको हो ।
एमाले जिल्ला अध्यक्ष राम राना र सचिव महेश बस्नेद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,–‘बिगत देखी नै पार्टी बिरोधी कृयाकलापमा रहेका नेकपा एमाले सम्बद्ध केही नेता कार्यकर्ताहरुले नयाँदल दर्ताको प्रकृयामा निर्वाचन आयोगमा आवेदन गर्नु, समृद्ध नेपाल सुखी नेपाली भन्ने राष्ट्रिय आकाङ्क्षा लाई कुठाराघात गर्ने मनशायबाट नेकपा एमालेको देश र जनता प्रतिको संकल्पको तेजोबध गराउने ध्येयबाट बिरोधी दल र शक्तीहरुको मोर्चाबन्दी हुनु जस्ता घटनाहरुले कम्युनिष्ट आन्दोलनलाई क्षति पुर्याई देशी बिदेश दक्षिणपन्थी शक्तीहरुलाइ बल पुर्याउने काम भएको छ ।
तसर्थ यस इलाम जिल्लाबाट नेकपा एमालेका केन्द्र, प्रदेश, जिल्ला, नगर, गाँउ र वडा तथा सेल कमिटिहरु साथै सबै जनबर्गीय, पेशागत, ब्यवसायी, सामुदायिक संगठनहरुमा आबद्ध कमरेडहरु, प्रतिनिधिसभा, प्रदेशसभा नगरपालिका तथा गाँउपालिकाका जनप्रतिनिधी कमरेडहरुले बिगतमा जसरी नै जनताको बहुदलिय जनबादको सिद्धान्त प्रती प्रतिबद्ध रहि नेकपा एमालेलाई शसक्त, जुझारु र एकताबद्ध गर्दै नयाँ युगलाई नेतृत्व गर्न सक्ने नेकपा एमाले बनाउने कटिबद्ध रहदै कुनैखालका डरधम्की प्रलोभनबाट बिचलित नभई संकटको यसघडीमा संयमता पुर्वक हाम्रो पार्टी नेकपा एमालेको आन्तरिक जीवनमा रहेका जुन कुनैपनी समस्यालाई बैचारिक, सांगठानीक माध्यमबाट समाधान गर्ने सकिने कुरामा बिस्वस्त रहदै पार्टीमा एकताबद्ध रहिरहन नेकपा एमाले जिल्ला कमिटि इलाम सम्पुर्ण कमरेडहरु तथा जनसमुदायमा हार्दिक अपील गर्दछ ।’


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७