वापन्थीहरुको छुट्टै गठबन्धन बनाउन प्रभु शाहको प्रस्ताव, एमालेमा नरहने भनाई

वापन्थीहरुको छुट्टै गठबन्धन बनाउन प्रभु शाहको प्रस्ताव, एमालेमा नरहने भनाई

२६ असार, काठमाण्डौँ । नेकपा माओवादी त्याग गरी एमाले प्रवेश गर्नुभएका पुर्वमन्त्री प्रभु साहले एमालेमा अब नरहने बताउनुभएको छ । उहाँले वापन्थीहरुको छुट्टै गठबन्धन बनाएर अघि बढ्नुपर्ने प्रस्ताव एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसंग रोखेको स्रोतले बताएको छ । उहाँले आफूहरु अब एमालेमा ररिहन नसक्ने पनि सुनाउनुभएको बताईएको छ । बरु, ओलीकै नेतृत्वमा वामपन्थीहरुको छुट्टै मोर्चा बनाउनुपर्ने उहाँको प्रस्ताव छ ।

उक्त मोर्चामा माओवादी खेमाका नेताहरुलाई पनि समावेश गर्ने र प्रचण्डलाई कमजोर पार्ने उहाँको रणनीति छ । साहको प्रस्तावमा ओली सकारात्मक बनेको स्रोतको दाबी छ । साहले आफूहरुले माओवादीको लिगेसी नछोडेको पटक पटक बताउँदै आउनुभएको छ ।

पछिल्लो समय पूर्व माओवादी केन्द्रका नेताहरु जो एमालेमा छन्, उनीहरुले माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी हालेका छन् । हिजोमात्रै टोपबहादुर रायमाझी र साहको नेतृत्वमा पूर्व माओवादी केन्द्रका नेताहरु निर्वाचन आयोग पुगेका थिए ।

मुख्यतः एमालेको दुवै पक्ष मिल्ने चरणमा पुगेले माओवादी परित्याग गरि एमालेमा प्रवेश गरेका नेताहरुलाई अहिले धर्मसंकट परेको छ । रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा र गौरीशंकर चौधरीलगायतका नेताहरु अहिले एमालेमा छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर