अखिल भोलेन्टियर टिमद्धारा मास्क तथा सेनिटाइजर वितरण

अखिल भोलेन्टियर टिमद्धारा मास्क तथा सेनिटाइजर वितरण


२२ जेष्ठ, इलाम । अनेरास्ववियु इलामद्धारा संञ्चालीत ‘अखिल भोलेन्टियर टिम’ले जिल्लाका विभिन्न क्षेत्रमा मास्क तथा सेनिटाइजर वितरण गरेको छ । निषेधाज्ञाको समयमा खुल्ला रहने क्षेत्रहरु दुग्ध सहकारी, डेरी तथा ऋण–बचत गर्ने सस्थाहरुको भिडलाई लक्षित गर्दे ‘अखिल भोलेन्टियर टिम’ले मास्क तथा सेनिटाईजर वितरण अभियान संञ्चालन गरिरहेको छ ।

अखिल भोलेन्टियर टिमले आज इलाम नगरपालिका १० गोदकमा रहेका दुग्ध सहकारी, डेरी, ऋण–बचत सहकारीहरुलाई लक्षित गरी करिब दुई सय घरपरिवारमा पुग्ने गरि मास्क र सेनिटाईजर वितरण गरेको छ । यसका लागि युवा समाजसेवीहरु चन्द्र पाठक, सुमन काफ्ले, किसोर तामाङ, अशिम पोखरेल र सेतो पहाड डेरी उद्योगको आर्थिक सहयोग गरेको अनेरास्ववियु इलामका अध्यक्ष मिलन खत्रीले जानकारी दिनुभयो ।

भोलेन्टियर टिमले दाताहरुसंग सामाग्री संकलनगरि यस अघि जिल्लाका साङ्गरुम्वा, सोयाक, पुवामजुवामा समेत मास्क तथा सेनिटाईजर वितरण गरिसकेको अनेरास्ववियु इलामका सह–संयोजक राजेन्द्र फागोले बताउनुभयो ।

सदरमुकाममा विभिन्न ठुला सहयोगहरु आएर थन्किएको भएपनि गाउँ–समुदाय स्तरमा मास्क सेनिटाइजर जस्ता कुराको समेत अभाव भएको गुनासो आउन थालेपछि अनेरास्ववियु इलाम जिल्ला कमिटीले ३५ सदस्यीय अखिल–भोलेन्टियर टिम जिल्लाका दशौंवटा स्तरमा र मरब क्याम्पस स्तरमा टिम गठन गरि काम सुरु गरेको थियो ।

यसबाहेक टिमले स्थानिय स्तरमा भएका कोभिड–१९ सम्बन्धि नियमित रिपोर्टिङ गर्ने, सहज स्वास्थ उपचार र रोगथामका उपाय अवलम्बन गर्नको लागि आवश्यक सम्वन्वय र सहजीकरण गर्ने लगायतको काम पनि गरीरहेको सहसंयोजक फागोले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर