चर्चित हांस्यकलाकार शिवहरी पौडेललाई मातृशोक

चर्चित हांस्यकलाकार शिवहरी पौडेललाई मातृशोक


३ कार्तिक, काठमाण्डौँ । चर्चित हांस्यकलाकार शिवहरी पौडेललाई मातृशोक परेको छ । उनकी आमा गंगादेवी पौडेलको गएराती एक सय वर्षको उमेरमा निधन भएको हो ।

वि.स.१९७७ फाल्गुनमा जन्मिएकी उनकी आमाको गएराती ११ वजेर ९ मिनेटमा निधन भएको कलाकार जितु नेपालले जानकारी दिए ।

हांस्यकलाकार पौडेलले फेसवुकमार्फत लेखेका छन्–‘दुखद् खबर लेख्न वाध्य भएँ आमा । एउटा छोराले गर्ने कर्तव्य मैले गरेँ अथवा गरिंन मलाई थाहा छैन । तर, १ सय वर्षसम्म आफ्ना परिवारलाई संरक्षण दिनुभो, त्यसपछि हजुरलाई बचाउन सकिएन आमा, मलाई माफ गर्नुहोला । स्वर्गमा वास होस् मेरी प्यारी आमा । देश विदेशमा हुनु भएका सम्पूर्ण आफन्तजनहरूको जानकारीको लागी यो दुखद् खबर आफैले फेसबुक वालमा राख्न वाध्य भएको छु । आमा, फेरीपनि मलाई माफ गर्नुहोला ।’

मातृशोकमा हरिवंश आचार्य, दिपकराज गिरी, दिपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे लगायत पौडेलका सुभेच्छुक तथा चलचित्रकर्मीहरुले श्रद्धान्जली व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर