प्रदेश–५ को राजधानी दाङ बनाउने विपक्षमा मतदान गर्न काँग्रेसको ह्विप

प्रदेश–५ को राजधानी दाङ बनाउने विपक्षमा मतदान गर्न काँग्रेसको ह्विप

२० असोज, रुपन्देही । नेपाली काँग्रेसले प्रदेश–५ को स्थायी राजधानी दाङ बनाउने विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ । आज बस्ने प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकोले दाङ देउखुरीको विपक्षमा मतदान गर्न काँग्रेस संसदीय दलले ह्विप लगाएको नेपाली काँग्रेसकी सचेतक निमला क्षेत्रीले बताउनुभयो । उहाँले सरकारको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय भएको तर नामका बारेमा भने काँग्रेसको असहमति नरहेको खुलाउनुभयो ।

काँग्रेसले निर्णय गरेपनि काँग्रेसका केही सांसदहरुले ह्विप उल्लंघन गरेर मतदान गर्ने सम्भावना रहेको नेपाली काँग्रेस दाङका एक सांसदले जनाए । प्रदेशमा नेपाली काँग्रेसका १९ जना सांसद रहेका छन् । यसमध्ये राप्ती र भेरी अञ्चलका ६ जना रहेका छन् । उनीहरु दाङकै पक्षमा मतदान गर्ने तयारी गरेको ती सांसदले बताए ।

प्रदेश सरकारको निर्णयपछि आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी दाङको देउखुरी र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेशसभामा पेश गर्नुभएको छ ।

उक्त प्रस्तावमाथि प्रतिपक्षी दलहरुको विरोधका बीच सोमबार छलफल भएको र सांसदहरुले उठाएको प्रश्नको जवाफ आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले दिइसक्नुभएको छ । सोमबारको बैठकमा मन्त्री केसीले जवाफ दिने क्रममा कांग्रेसका सांसदहरुले होहल्ला गर्दै कुर्सी तोडफोड गरेका थिए । कुर्सी तोडफोड गर्ने आफ्ना सांसदहरुलाई कारबाही गर्ने चेतावनी कांग्रेसले दिएको छ ।

प्रदेशको नाम र राजधानीको निर्णय गर्न दुई तिहाइ मत चाहिने संवैधानिक व्यवस्था छ । ८७ जना सांसद रहेको सत्तारुढ दल नेकपाका मात्रै ६१ सांसद छन् । दुई तिहाइ पुग्न ५८ सांसद चाहिन्छ । कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ जना र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन् । दाङ राजधानी तोक्ने प्रस्तावको नेकपाका १४ सांसदले नोट अफ डिसेन्ट लेखे पनि नेकपाले दाङकै पक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेको छ ।

रुपन्देही, नवलपरासी पश्चिम, पाल्पा र कपिलवस्तुका सांसदलाई राजधानी दाङ बनाउने प्रस्तावको विपक्षमा मतदान गर्न कार्यकर्ताको दबाब छ । नोट अफ डिसेन्ट लेखेका १४ जनाले पार्टीको कारवाही भोग्न तयार भएर विपक्षमा मतदान गरेमा भने प्रस्ताव पारित हुन कठिन छ ।

नेपाली कांग्रेसका १९ जनामध्ये साविक लुम्बिनी अञ्चलका १३ जना र ६ जना साविक राप्ती र भेरी अञ्चलका छन् । कांग्रेसका ६ जना सांसदले ह्वीप उल्लंघन गरेर दाङको पक्षमा मतदान गरेपनि प्रस्तावका पक्षमा ५३ मत हुन्छ र दुई तिहाइ पुग्दैन ।

कांग्रेसका सबै सांसदले पार्टीको ह्वीप मानेर दाङको विपक्षमा मतदान गरेमा नेकपाका १४ सांसदले पार्टीको ह्वीप उल्लंघन गरेमा र अन्य साना दलले दाङको पक्षमा मतदान नगरेमा प्रस्तावको पक्षमा दुई तिहाइ पुग्दैन । प्रदेश सभामा साविक लुम्बिनी अञ्चलका ६ जिल्लाका मात्र ५१ सांसद छन् । साबिक राप्ती र भेरीका ३६ सांसद छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270