झापाको गौरदहबाट लागूऔषध सहित दुई जना पक्राउ

झापाको गौरदहबाट लागूऔषध सहित दुई जना पक्राउ


४ असोज, झापा । झापाको गौरदह नगरपालिका–९ बैगुनधुराबाट दुई जना युवा लागूऔषध सहित पक्राउ परेका छन ।

पक्राउ पर्नेमा गौरदह–३ का २२ बर्षीय राजेश महतो र सोही स्थानका २७ बर्षीय प्रमानन्द राजबंशी रहेका छन । प्रहरी चौकी माहाभाराबाट गस्तीमा खटिएको प्रहरी टोलीले मोटरसाईकलमा आएका दुबै जनालाई गएराती पौने ११ बजेको समयमा नियन्त्रणमा लिएको थियो ।

प्रहरीलाई शंका लागेर चेकजाँच गर्दा १५८ बोतल ईस्कफ लागूऔषध बरामद गरिएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । पक्राउ परेका दुबै जना विरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर