गजल

गजल

२० भाद्र, झापा ।

एक्लै छु नहेप्नुस्, कुनै दिन मेरोपनि आफ्नोपन हुनेछ,

छोडी त गैहाल्नुभयो हेर्नुस कसैको आगमन हुनेछ,

अस्ताउँन लागेको घाम भनी हेप्न सम्म हेप्नु भयो,

नयाँ किरण लिएर उदाउँछु, पक्का मेरो वचन हुनेछ,

छोडी गएनी मर्दिन म, आउलान नि कोहि जिन्दगीमा

आएसी देख्दा त्यो मायाको जोडि भित्रभित्रै जलन हुनेछ,

गल्ती गर्दा सुझाव दिनुको सट्टा कुरा काट्ने समाज

लाग्छ मरेपछी मात्र समाजमा मेरो मुल्यांकन हुनेछ,

पहल नगरी भाषण दिदा समृद्ध देश बन्दैन हेर्नुस्

बरु जोखिम बहन गरि युवा परदेश पलायन हुनेछ ।।

प्रतिक्रिया:

सम्बन्धित खवर