९ श्रावण, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफूसँगै आन्दोलनलाई समाप्त पार्ने मुर्खता नगर्न नेताहरुलाई चेतावनी दिनुभएको छ ।
कम्युस्ट नेताहरु पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्माचार्यको स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रममा नेता नेपालले भने विधिको पालना नगरेर मै सर्वोसर्वा हुँ भनेर आफूलाई सर्वाेपरी ठान्न थालियो भने पतन हुने बताउनुभयो ।
नेता नेपालले भन्नुभयो–‘यदि हामी कोही त्यस्तो विचार र प्रवृत्तिमा चुर्लुम्म डुबेको छ भने त्यसबाट उम्कियौं, जोगियौं, समय त छ तर धेरै ढिला हुन थालिसकेको छ ।’
त्यतैगरी कार्यक्रममा उहाँले अहिलेको अवस्थामा कम्युनिस्ट पार्टी नफुट्ने पनि दावि गर्नुभयो । नेता कार्यकर्तामा पार्टी फुट्छ किन भन्ने चिन्ता रहेको भन्दै उहाँले पार्टी नफुट्ने, कसैले फुटाउन खोज्यो भने चोइटिएर मात्र जाने बताउनुभयो ।