यस बर्षको ‘जसुदा स्मृति पुरस्कार’ साहित्यकार देबेन्द्र शक्तेनलाई

यस बर्षको ‘जसुदा स्मृति पुरस्कार’ साहित्यकार देबेन्द्र शक्तेनलाई

२८ असार, इलाम । यस बर्षको ‘जसुदा स्मृति पुरस्कार २०७७’बाट पाँचथरका साहित्यकार देबेन्द्र शक्तेन पुरस्कृत हुनुभएको छ । भानु प्रतिमा संरक्षण तथा साहित्य सम्बद्र्धन इलामले हरेक वर्ष प्रदानगर्ने पुरस्कारबाट शक्तेन यसवर्ष पुरस्कृत हुनुभएको हो ।

फाल्गुन्दगा उँपालिका–३ पाँचर स्थित चिम्फुलाका साहित्यकार शक्तेनलाई आज एक कार्यक्रमका विच पुरस्कार प्रदान गरिएको हो । आफ्नै गाउँको कुनामा चुपचाप बसेर साहित्य सृजना गर्ने शक्तेनलाई नगद रु ११ हजार १ सय ५० रुपैयाँ र सम्मानपत्रले सम्मान गरिएको छ ।

पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले दोसल्ला अर्पण गरि सम्मान–पत्र वितरण गरेर पुरस्कार वितरण गर्नुभएको थियो ।

साहित्यमा सम्भावना बोकेका मोफसलका स्रष्टालाई पहिचान गरी प्रत्येक वर्ष एक जनालाई पुरस्कृत गर्ने आयोजक संस्थाले दुई वर्ष अघि देखी निरन्तर यो पुरस्कार वितरण गर्दै आएको संस्थाका सदस्य कवि प्रकाश थाम्सुहाङले बताउनुभयो ।

अघिल्लो बर्ष २०७५ मा युवा पुस्ताका उदाउँदा कवि अन्वेश थुलुङ र २०७६ मा कवि बालिका थपलिया पुरस्कृत भईसकेको आयोजक संस्थाका अध्यक्ष कवि विमल बैद्यले जानकारी दिनुभयो ।

इलामकी चेली साहित्य तथा पत्रकारिता जगतमा काम गर्दा गर्दै अल्पायुमै स्वर्गलोक भएकी जसुदा खाँकीको स्मृतिमा उहााका श्रीमान बरिष्ठ पत्रकार पुस्पराज प्रधानले उक्त स्मृति पुरस्कार स्थापना गर्नुभएको हो ।

पुरस्कार वितरण गर्दै नगरप्रमुख बस्नेतले नेपाली साहित्यमा कलम चलाउन काठमाण्डौँ जानु नपर्ने गाउँघरमै बसेर पनि सृजनागर्न सकिने बताउनुभयो ।

साहित्यकार शेक्तेन शिक्षण पेशासँगै नेपाली साहित्यमा कलम चलाउदैँ आईरहनुभएको छ । उहाँको प्रकाशित पुस्तकको रुपमा“दन्त्यकथाको देश”नामक कविता संग्रह पाठक समक्ष पुगिसकेको छ भने अन्य अप्रकाशित छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर