२८ असार, काठमाण्डौँ । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार दुवैजनालाई कोरोना भाइरसको संक्रकण भएको छ ।
पूर्व विश्व सुन्दरी ऐश्वर्याका पति अभिषेक र ससुरा अमिताभ बच्चनलाई हिजो नै कोरोना संक्रमण पुष्टि भएको खबर सार्वजनिक भएको थियो । दुवैले ट्वीटमार्फत यसको खुलासा गरेका थिए ।
बच्चन परिवारका सदस्यमध्ये जया बच्चनलाई मात्र संक्रमण देखिएको छैन । अहिले परिवारका संक्रमित सदस्यहरुलाई अस्पताल भर्ना गरिको अन्तराष्ट्रिय संञ्चारमाध्यमहरुले जनाएका छन् ।