प्रधामन्त्रीको सन्देश लिएर देउवा निवासमा पुगे सुवास नेम्वाङ

प्रधामन्त्रीको सन्देश लिएर देउवा निवासमा पुगे सुवास नेम्वाङ

२१ असार, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष प्रचण्डसँग वार्ता गरिरहनुभएका बेला नेकपा संसदिय दलका उपनेता सुवास नेम्वाङ कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुग्नुभएको छ । प्रधानमन्त्रीको सन्देश बोकेर नेम्वाङले आइतवार बिहान देउवालाई भेट्न पुगेको कुरो खुलासा भएको छ ।

देउवासँग प्रधानमन्त्रीले दुई दिनअघि छलफल गर्नुभएको थियो । नेम्वाङले भने संवैधानिक परिषद बैठक र एमसीसी लगायतका विषयमा विपक्षीय दलको नेतासँग सत्तापक्षको उपनेताले भेट गरेको प्रतिक्रिया दिनुभयो ।

संवैधानिक परिषदको बैठक बस्न नसकेका कारण अख्तियार, निर्वाचन आयोगलगायत अन्य संवैधानिक आयोगहरुमा नियुक्ति हुन सकेको छैन । यसैबारेमा देउवासँग कुरा भएको उहाँले बताउनुभयो ।

‘प्रधानमन्त्रीजीले प्रतिपक्षी दलका नेता शेरबहादुरजीसँग कुराकानी गर्ने भनेकाले उहाँकै अनुमतिमा म भेट्न गएको थिएँ,’ नेम्वाङले भन्नुभयो, ‘ठोस विषय त्यस्तो केही होइन । विभिन्न विषयमा जानकारी गराउनुपर्ने थियो, भेटेरै जानकारी गराएको हुँ ।’

आफूले भेटमा देउवालाई अहिलेको समसामयिक राजनीतिक कुराकानीबारे जानकारी गराएको उहाँको भनाइ छ ।

‘मैले अहिलेका राजनीतिक घटनाक्रमबारे सम्पूर्ण कुरा जानकारी गराएँ,’ नेम्वाङले थप्नुभयो, ‘जिम्मेवार प्रतिपक्षका नाताले जिम्मेवार भूमिका कांग्रेसले खेल्ने नै छ । खेलोस् भन्ने आग्रह पनि गरें ।’

प्रतिक्रिया:

सम्बन्धित खवर