१० असार, इलाम । इलामको माईजोगमाई गाउँपालिकाले आर्थिक बर्ष २०७७÷७८ का लागि ४५ करोड ५० लाख ५० हजार बराबरको बजेट प्रस्तुत गरेको छ ।
पलिकामा सुरु भएको सातौ गाउँसभामा अध्यक्ष जीतबहादुर राईले आगामी आर्थिक बर्षको उक्त बजेट बराबरको निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।
गाउँपालिकाको आगामी आर्थिक बर्षको चालु खर्च तर्फ रु ७ करोड ४२ लाख ४५ हजार, सशर्त अनुदान तर्फ रु १९ करोड ४८ लाख ५ हजार, अन्य अनुदान तर्फ रु ४ करोड र पुंजीगत खर्च तर्फ रु १६ करोड ३९ लाख ९९ हजार छुट्याईएको छ ।
पुँजीगत खर्च तर्फ कुल विनियोजित बजेटको आर्थिक विकास तर्फ ६ दशमलव ४६३ प्रतिशत, सामाजिक विकास तर्फ १० दशमलव ५४९ प्रतिशत, पूर्वाधार विकास तर्फ ४१ दशमलव ७८४ प्रतिशत, वन–वातावरण तथा विपद व्यवस्थापन तर्फ ९ दशमलव २५२ प्रतिशत, संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ १ दशमलव ६४६ प्रतिशत, अन्यपूँजीगत खर्त तर्फ ३ दशमलव ७२ र अन्य वर्गीकृत नभएको समपुरक कोष समेतमा ९ दशमलव १४६ बजेट खर्च हुने गरि योजना तथा कार्यक्रम तयार गरिएको छ, भने पुँगीगत तर्फ विनियोजन भएको कुल रकमको १७ दशमलव ४४ प्रतिशत रकम वडागत रुपमा विभिन्न शिर्षकमा कार्यक्रमका लागि रकम विनियोजन गरिएको छ ।