फाकफोकथुम गाउँपालिकाको सातौं गाउँसभा सुरुः युवा रोजगार–गरिवी निवारण प्राथमिकतामा

फाकफोकथुम गाउँपालिकाको सातौं गाउँसभा सुरुः युवा रोजगार–गरिवी निवारण प्राथमिकतामा


१० असार, इलाम । इलामको फाकफोकथुम गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि नीति तथा कार्यक्रम आजदेखि सुरु भएको छ ।

फाकफोकथुम गाउँपालिकाको सातौं गाउँसभा सुरु भएको हो । गाउँसभामा गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

नीति तथा कार्यक्रममा गाउँपालिकालाई समृद्धितर्फ उन्मुख गराउने खालका योजना अघि सारिएको छ । कोरोना भाईरसबाट अहिले मुलुक आक्रान्त भईरहेको समयमा यहाँका सबै स्वास्थ्य संस्थाहरुमा आवश्यक उपकरण तथा बजेटको व्यवस्था मिलाउने जनाएको छ । खेल जगतमा महिलाहरुलाई पनि अग्रसर गराउने उद्देश्यले उपाध्यक्ष कप आयोजना गरी खेलप्रति आकर्षित गराउने नीति अवलम्वन गरेको छ ।

गाउँपालिकामा संञ्चार क्षेत्रको विकाशका लागि एफएम रेडियो सञ्चालन गर्न पनि गाउँपालिकाले अभियान सञ्चालन गर्ने नीति लिएको छ ।

नीति तथा कार्यक्रममाथि गाउँसभा सदस्यहरुले आ–आफ्ना जिज्ञासा प्रस्तुत गरेका थिए । सदस्यहरुले जिज्ञासामाथि गाउँपालिका उपाध्यक्ष सरस्वती राई (सरु)ले जवाफ दिनु हुँदै समृद्ध फाकफोकथुम निर्माणका लागि नीति तथा कार्यक्रम आएको विचार व्यक्त गर्नूभएको थियो ।

नीति तथा कार्यक्रमले पूर्वाधार, सामाजिक, आर्थिक, कोष व्यवस्थापन, विपद व्यवस्थापन तथा संस्थागत सुदृढीकरणलगायतका क्षेत्र समेटेको छ । नीति तथा कार्यक्रम आजै पारित समेत भएको छ ।

नीति तथा कार्यक्रममा युवाहरुलाई युवा स्वरोजगार कार्यक्रममार्फत रोजगारी प्रदान गर्ने, लक्षित समूहलाई गाउँपालिकाले विशेष प्राथमिकतामा राखेर प्रत्यक्ष फाइदा पुग्ने खालका कार्यक्रम अघि बढाउने, कृषि क्षेत्रलाई प्राथमिकता दिंदै गाउँपालिकालाई अर्गानिक क्षेत्रको रुपमा विकास गरिने, वडामा रहेका फुसका छानालाई हटाई फुसको छानो मुक्त बनाउँदै सुकुम्वासी समस्या समाधानका लागि सुरक्षित आवास कार्यक्रमलाई बढावा दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर