अब राष्ट्रवाद भाषणमा मात्र सिमित नहोस ! (गजल)

अब राष्ट्रवाद भाषणमा मात्र सिमित नहोस ! (गजल)

८ असार, झापा ।

कहिँ रोगले कहिँ भोकले अनिकाल हुँदैछ ।

तिम्रो लापरबाहीले मेरो देश कंगाल हुदैछ ।

म एकोहोरीनुको कारण सोधिरहन्छिन आमा

कसरी भनु निष्ठुरीले छाडेपछि यस्तो हाल हुँदैछ ।

तसर्थ अतीत नकोट्याउन अनुरोध थियो महाशय,

मान्दै मानेनौ दिनानुदिन आँखा फेवाताल हुँदैछ ।

मेरो अग्नि परीक्षा लिनुहोस यो देशप्रेमको,

मस्तिष्क स्वाधीनता बचाउने दह्रो पर्खाल हुँदैछ ।

अब राष्ट्रवाद भाषणमा मात्र सिमित नहोस्,

के गर्याै देशको लागि जनताको को सवाल हुँदैछ ।

प्रतिक्रिया:

सम्बन्धित खवर