आधारभुत विद्यालय उत्तरपानिको भवन निमार्ण सम्पन्न

आधारभुत विद्यालय उत्तरपानिको भवन निमार्ण सम्पन्न

१ आश्विन, धनकुटा । धनकुटा नगरपालिका–१० स्थित आधारभुत विद्यालय उत्तरपानिको भुकम्प प्रतिरोधात्मक तथा अपाङ्ग मैत्री ३ कोठे भवन निमार्ण कार्य सम्पन्न भएको छ ।

जिल्ला आयोजना कार्यन्वयन इकाइ धनकुटाको चालू आर्थिक वर्षको ३५ लाख रुपैँया सहयोगमा भुकम्प प्रतिरोधात्मक अपाङ्ग मैत्री ३ कोठे भवन निमार्ण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्ग बहादुर भट्राइले जानकारी दिनुभयो ।

उक्त विद्यालयमा ३७ जना अपाङ्ग विद्यार्थीहरुको पठनपाठन सहित बस्ने व्यवस्था रहेको छ ।

त्यस्तै गरी अन्य विद्यार्थीहरु ९० जना रहेका छन भने यहाँ कक्षा ८ सम्म को पढाइ हुँदै आएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर