२८ जेष्ठ, काठमाण्डौँ । रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले पदबाट राजीनामा दिनुभएको छ ।
कार्कीले हिजो मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसमक्ष राजीनामा पेस गर्नुभएको हो ।
सामाजिक सञ्जाल फेशबुकमार्फत कार्कीले आफूले राजीनामा दिएको जानकारी गराउनुभएको छ ।
उहाँले ७ वर्ष ५ महिना २० दिनको अनवरत सेवाबाट विश्राम लिएको राजिनामा पत्रमा उल्लेख गर्नुभएको छ
।
उहाँले आजसम्म साथ र सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिनुभएको छ ।