१६ जेष्ठ, काठमाण्डौँ । सरकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख भएपछि निजी विद्यालयले यही जेष्ठ २१ गते देखि सामाजिक दुरी कायम गर्दे विद्यार्थी भर्ना प्रक्रिया सुरू गर्ने जनाएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेस नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन–प्याब्सन), राष्ट्रिय अभिभावक महासंघ, संस् थागत विद्यालय शिक्षक युनियन (इस् टु) लगायत संस्थाले आज संयुक्त विज्ञ िप्त जारी गरी सो जानकारी गराएको हो ।
ती संस्थाले प्रधानमन्त्री केपी शर्मा ओलीबाट यही जेठ १३ गतेको राष्ट्रका नाममा भएको सम्वोधनमा नयाँ शैक्षिक वर्ष अन्तर्ग तको पठनपाठन सञ्चालनको काम अगाडि बढाउने घोषणा भएकाले लकडाउनपछि परिव िर्तत सन्दर्भमा सामाजिक दुरी कायम राखी विद्यार्थी भर्ना गर्ने जनाएको छ । त्यसका लागि आप m्ना शिक्षक तथा कर्म चारीलाई उपस् िथत गराउने भएको पनि जनाएको छ । तर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसबारे कुनै निर्णय प्रतिकृया दिएको छैन ।
मन्त्रालयको निर्णयपछि मात्रै सबै सामुदायिक विद्यालयमा समेत भर्ना जनाईएको छ । मन्त्रालयले गत वैशाख २२ गते विज्ञप्ति जारी गरी अर्काे निर्णय नभएसम्म कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना नलिन अपिल गरेको थियो ।
यसका अलावा मन्त्रालयले भर्ना वा अनलाइन कक्षाका नाममा कुनै पनि शुल्क नलिन पनि आग्रह गरेको थियो ।