
१५ जेष्ठ, काठमाण्डौँ । नेपाली संगित क्षेत्रका बरिष्ठ गीतकार रत्नशमशेर थापाको निधन भएको छ । थापाको बिहीबार(आज) दिउँसो काठमाण्डौँ स्थित नर्भीक अस्पतालमा उपचारका क्रममा निधन भएको उनको परिवारजनले जनाएको छ । उनी ८१ वर्षका थिए ।
गीतकार थापाको ‘घुम्तीमा नआऊ है’, ‘गोरेटो त्यो गाउँको’, ‘ए कान्छा ठट्टैमा यो बैँश जान लाग्यो’, ‘जाग लम्क चम्क हे नौजवान हो’, ‘विछोडको पीडा नसकी खप्न’लगायतका दर्जनौँ कालजयी गीतहरु अहिले पनि पुस्तामाझ उक्तिकै लोकपृय छ ।
गीतकार थापाको निधनप्रति दुःख व्यक्त गर्दै नेपाली कलाकर्मीहरुले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७